नियम २२६
संशोधन सहित सन्धिका प्रावधानमाथि विस्तृत छलफल
(१) संशोधन सहित सन्धिको प्रावधानमाथि विचार गर्दा सामान्यतया आरक्षण राखिएका प्रावधानको क्रमानुसार गरिनेछ र सभामुखले नाम बोलाएको सदस्यले वा निजले अधिकृत गरेको सदस्यले संशोधन प्रस्तुत गर्न सक्नेछ ।
(२) छलफलबाट संशोधन स्वीकार गरिएको प्रत्येक आरक्षण राखिएका वा स्पष्ट पारिएका प्रावधानका सम्बन्धमा क्रमानुसार सभामुखले “यो सन्धिको अङ्ग बनोस्” भन्ने प्रस्ताव निर्णयार्थ पेश गर्नेछ ।
तर समयको मितव्ययिताको लागि छलफलमा दोहोरोपन हटाउन एकै प्रावधान वा सो अन्तर्गत प्राप्त अन्योन्याश्रित संशोधनलाई एकसाथ छलफल गर्ने अनुमति दिन सकिनेछ र प्रावधानमाथिको छलफलको क्रममा सन्धिको कुनै भाग वा प्रावधानलाई अघि–पछि गरी छलफलमा राख्न वा कुनै भाग वा प्रावधानलाई पछि विचार गर्ने गरी मुलतवी राख्न
सकिनेछ ।
स्पष्टीकरण :- यो नियम र नियम २२२ को प्रयोजनको लागि सम्बन्धित समितिमा सन्धिमाथि दफावार छलफल हुँदाको अवस्थामा “सभामुख” भन्नाले सम्बन्धित समितिको सभापतिलाई र  “बैठक” भन्नाले सोही समितिको बैठकलाई समेत जनाउँछ ।